रामघाट ह्वाइटलाई ओपन फुटसलको उपाधि
पाेखरा | असार ३०, २०८२
पोखरा: पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ ।
बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फाइनल खेलमा रामघाट ह्वाइटले ड्याडिज किचेनलाई २–१ ले गोल पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेको रामघाट ह्वाइटले १ लाख ७० हजार र उपविजेता भएको ड्याडिज किचेनले १ लाख रुपैयाँसहित ट्रफी मेडलर प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २६ समूहले सहभागिता जनाएको थिए ।
प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च भएको बक्स पोखराका अध्यक्ष प्रदिप गुरुङले बताए । अध्यक्ष गुरुङले खेलकदु मात्र नभएर सामाजिक सेवाको उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए ।
बक्स पोखराले आगामी दिनमा पनि यस्ता सामाजिक उद्देश्यका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

